माघ २५
अहिले मूल्यबृद्धि आकासिएका कारण नेपाली उपभोक्ताहरू मारमा परिरहेका छन । अभाव, महँगीसंगै बजारमा पाइने अखाद्य वस्तुबाट पनि उपभोक्ता पीडित हुने गरेको देखिएको छ । बजारमा विभिन्न नाममा विक्री हुने गरेका वस्तुहरूको सम्बन्धित निकायबाट बेलैमा अनुगमन नहुँदा उपभोक्ता ठगिने मात्र नभई स्वास्थ्यमा पनि खेलवाड भइरहेको छ । हरेक जिल्लामा नगरपालिकाका प्रमुख, व्यवसायी र उपभोक्ता सम्मिलित संयन्त्रले मूल्य अनुगमन गर्ने गरेको छ तर उक्त संयन्त्र कहिलैपनि क्रियाशील हुन सकेको छैन । यस्तो संयन्त्र हालसम्म बनेको छैन भने बनेका ठाउँमा पनि प्रभावकारी रूपमा यसको कार्यान्वयन भएको छैन । यसले गर्दा उपभोक्ताले जस्तोसुकै वस्तु पनि उपभोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैगरी बजारमा बिक्री हुने विभिन्न वस्तुका गुणस्तर परीक्षण गर्न पनि वस्तु अनुसार सरकारी निकाय बीच हानथाप हुँदा यसले पनि कार्यान्वनको मुहार देख्न पाएको छैन । यसरी नेपाली उपभोक्ता ठगिएका छन...
अन्य समाचारहरु
मैथिलीमा सपथ लिएपछि झा उपराष्ट्रपतिमा सक्रिय
काठमाडौ (नभास) माघ २५ /उपराष्ट्रपति परमानन्द झाले आइतबार मातृभाषामा पुनः सपथ लिएपछि उपराष्ट्रपति पदमा सक्रिय भएका छन् ।
राष्ट्रपतिको कार्यालयमा आइतबार दिउँसो उपराष्ट्रपति झाले आफ्नो मातृभाषा मैथिलिमा र त्यसपछि नेपाली भाषामा संयुक्त रूपमा सपथ लिएपछि सक्रिय भएका हुन् ।
राष्टराष्ट्रपति डाक्टर रामवरण यादवले उपराष्ट्रपति झालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
उनले मैथिली भाषामा सपथ लिने जानकारी...
ब्यापार मेलामा चहलपहल बढ्दो
भैरहवा, २५ माघ । 'स्वाधिन अर्थतन्त्र निर्माणको आधार, औद्योगिकीकरण तथा व्यापार विविधिकरण' नाराका साथ शुक्रबारदेखि भैरहवामा शुरु भएको राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा पर्यटन महोत्सवमा दर्शकको चहलपहल बढ्न थालेको छ ।
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको आयोजनामा स्थानीय सिर्द्धार्थ रंगशालामा संचालित मेलाको तेस्रो दिन आइतबार झण्डै २० हजार दर्शकहरुले मेला अवलोकन गरेको आयोजकले जनाएका छन् । नयां नयां...
'संविधान निर्माण पुर्व लडाकु समायोजन गरिए त्यो आत्मर्समण हुने'
परासी (नभास) माघ २५ / एकिकृत नेकपा माओवादीका स्थायी समिती सदस्य तथा अवधराज्य इर्न्चाज देवेन्द्र पौडेल सुनिलले संविधान घोषणा पूर्व जनमुक्ती सेनाको समायोजन गर्न नहुने वताउनु भएको छ ।
संविधान निर्माण पूर्वनै सेना समायोजन गरिए त्यो आत्मर्समपण मात्रहुने वताउनु भयो । नवलपरासीको कावासोतीमा एकिकृत माओवादी नवलपरासीलेआयोजना गरेको नेपाली राजनिती र राष्ट्रिय स्वाधिनताको प्रयास विषयक अन्तरक्रियामा वोल्दै पौडेलले यस्तो वताउनु...
द्वन्द्वमा मारिएका परिवारलाई जनही ३ लाख क्षतिपूर्ति दिन सिफारिस
गुल्मी (नभास) माघ २५ / राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्वकालमा राज्य र माओवादी पक्षबाट मारिएका चार जनाको परिवारलाई प्रति परिबार ३ लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सिफारिस गरेको छ ।
आयोगको उपक्षेत्रीय कार्यालय बुटवलका मानवअधिकार अधिकृत चन्द्रकान्त चापागाईका अनुसार बिरबास गाविस-१ का माओवादी कार्यकर्ता हरि कूडेल, ठूलो लुम्पेक गाविस-८ का मनोज भनिने मनबहादुर त्रामु, कुघा गाविस-५ की कोपिला गौतम...
सुकुम्बासीहरूले जग्गाधनि पुर्जा पाएनन्
परासी (नभास) माघ २५ / बर्षो देखी नवलपरासीका बिभिन्न स्थानमा बस्दै आएका सुकुम्बासीहरूले अझै जग्गा धनि पुर्जा पाएका छैनन । जिल्ला बिभिन्न स्थानमा रहदै आएका करिब हजरौ सुकुम्बासीहरूले अझै पनि जग्गा धनि पुर्जा नपाएका हुन ।
सुकुम्बासीहरूले बषैदेखि बसोबास गर्दै आएको जग्गाको पुर्जा नपाउँदा बिभिन्न कठिनाई झेल्दै आएका नवलपरासीका सुकुम्बासीहरूले धनिपुर्जा माग गरेका छन ।
उनिहरूले तत्काल आयोग...